नियम २५
क्यासिनोमा जितेको रकमको भुक्तानी सम्बन्धी व्यवस्था

(१) इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नु अघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानून बमोजिम लाग्ने आकस्मिक लाभ कर कट्टी गरेर मात्र रकम भुक्तानी दिनु पर्नेछ र त्यसरी कट्टी गरिएको आकस्मिक लाभ कर सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आकस्मिक लाभ कर कट्टी गरेकोमा इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पठाउनु पर्नेछ ।
(३) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनोमा प्रत्येक खेलाडीलाई दिएको भुक्तानीको विवरण अद्यावधिक राख्नु पर्नेछ ।